KTM Post Logo
KTM Post Logo

प्रतिनिधिसभाका चार समितिको बैठक आज बस्दै: समसामयिक विषय र विधेयकमाथि छलफल हुने

📰
KTM Post

काठमाडौं। संघीय संसद्, प्रतिनिधिसभाअन्तर्गतका चार वटा विषयगत समितिको बैठक शुक्रबार बस्न लागेको छ। समसामयिक विषय तथा विचाराधीन विधेयकहरूमाथि छलफल गर्नका लागि यी समितिहरूको बैठक आह्वान गरिएको हो।

बिहान १० बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ माथि सैद्धान्तिक छलफल हुनेछ।

त्यसैगरी बिहान १०:३० बजे राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठक बस्दैछ। उक्त बैठकमा गत भदौ १० गते भोटेकोशीलगायतका नदीहरूमा आएको विनाशकारी बाढी तथा जलवायु परिवर्तनले पारेको असरका विषयमा विज्ञहरूसँग छलफल गरिनेछ।

यसैगरी बिहान ११:३० बजे अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठक आह्वान गरिएको छ। यस बैठकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हालै गरिएको स्थलगत अध्ययन तथा भ्रमणलगायतका समसामयिक विषयमा आन्तरिक छलफल हुनेछ।

त्यस्तै दिउँसो २ बजे बस्ने अर्थ समितिको बैठकमा भने रसुवा बाढीपश्चात् मुलुकको अर्थतन्त्रमा परेको प्रभाव एवं जलवायु वित्तसम्बन्धी अध्ययन उपसमितिको प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ।

सम्बन्धित समाचार

वाम शिल्प कि शून्य शिल्प : के खनालको पहलमा खुल्दैछ नयाँ ध्रुवीकरण ? 1

वाम शिल्प कि शून्य शिल्प : के खनालको पहलमा खुल्दैछ नयाँ ध्रुवीकरण ?

सुशील रेग्मीनेपाली वाम राजनीतिमा अहिले दुईवटा बहस समानान्तर छन् । एउटा, पुराना पार्टी र नेतृत्वलाई कसरी जोगाउने ?..

ब्रिक्सपछि बदलिँदो शक्ति सन्तुलन : भारत–चीन नजिकिँदा नेपाललाई के प्रभाव ? 1

ब्रिक्सपछि बदलिँदो शक्ति सन्तुलन : भारत–चीन नजिकिँदा नेपाललाई के प्रभाव ?

नयाँदिल्लीमा सम्पन्न १८औँ ब्रिक्स शिखर सम्मेलनले महत्वपूर्ण संकेत दिएको छ । भारत र चीनबीचको रणनीतिक प्रतिस्पर्धा अझै कायम छ । तर दुवै देश टकराव घटाएर...

भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस 1

भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस

काठमाडौं । सरकारले राजनीतिक कोटाअन्तर्गत १३ देशका लागि राजदूतको नाम सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भारत, चीन, अमेरिकासहित १३...

राजेन्द्र महतोलाई धक्का: महासचिव झासहितका नेताहरूद्वारा पार्टी परित्याग 1

राजेन्द्र महतोलाई धक्का: महासचिव झासहितका नेताहरूद्वारा पार्टी परित्याग

काठमाडौं। राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिव केशव कुमार झासहित नौ जना केन्द्रीय पदाधिकारी तथा सदस्यहरूले साधारण...