प्रविधिमैत्री संसद्का लागि सबैको अपनत्व आवश्यक : सभामुख अर्याल
काठमाडौं। सभामुख डोलप्रसाद अर्यालले संसद्लाई प्रविधिमैत्री बनाउनु आजको आवश्यकता भएको बताएका छन्। सङ्घीय संसद् सचिवालयले सुरु गरेको ‘डिजिटल संसद् मञ्च’को परीक्षण सञ्चालन उद्घाटन गर्दै उनले प्रणालीलाई प्रभावकारी बनाउन सबै सम्बन्धित पक्षले अपनत्व लिनुपर्ने बताए।
उनले भने, ‘यो हाम्रो चाहना मात्र होइन, आजको आवश्यकता हो। विश्व तीव्र गतिमा प्रविधिको युगमा प्रवेश गरिरहेको छ। अब हामी थप ढिला गर्नुहुँदैन। यसबाट सयौँ वर्षपछि पनि नेपालको संसदीय इतिहास सहज रूपमा खोज्न र अध्ययन गर्न सकिनेछ। अब डिजिटल पार्लियामेन्टलाई प्रभावकारी बनाउन सबै सम्बन्धित निकाय, कर्मचारी र माननीय सदस्यले अपनत्व लिनुपर्छ।’
डिजिटल संसद् मञ्चमार्फत संसदीय सूचना, दस्तावेज, बैठक, विधेयक तथा ऐतिहासिक अभिलेखलाई एकीकृत रूपमा व्यवस्थापन गरिनेछ। पुराना संसदीय अभिलेखलाई समेत विद्युतीय स्वरूपमा सुरक्षित गर्ने लक्ष्य रहेको सभामुख अर्यालले बताए।
कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले डिजिटल प्रणालीले संसदीय कामलाई छिटो, सुरक्षित, पारदर्शी र प्रभावकारी बनाउन सहयोग गर्ने बताए।
सचिवालयका अनुसार प्रणालीमा सांसदको विवरण, विद्युतीय हाजिरी, बैठक तथा कार्यसूची, विधेयकको प्रगति, संसदीय अभिलेख र नागरिकका लागि सार्वजनिक सूचना पहुँचलगायत सुविधा समेटिनेछन्।
सम्बन्धित समाचार
वाम शिल्प कि शून्य शिल्प : के खनालको पहलमा खुल्दैछ नयाँ ध्रुवीकरण ?
सुशील रेग्मीनेपाली वाम राजनीतिमा अहिले दुईवटा बहस समानान्तर छन् । एउटा, पुराना पार्टी र नेतृत्वलाई कसरी जोगाउने ?..
ब्रिक्सपछि बदलिँदो शक्ति सन्तुलन : भारत–चीन नजिकिँदा नेपाललाई के प्रभाव ?
नयाँदिल्लीमा सम्पन्न १८औँ ब्रिक्स शिखर सम्मेलनले महत्वपूर्ण संकेत दिएको छ । भारत र चीनबीचको रणनीतिक प्रतिस्पर्धा अझै कायम छ । तर दुवै देश टकराव घटाएर...
भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस
काठमाडौं । सरकारले राजनीतिक कोटाअन्तर्गत १३ देशका लागि राजदूतको नाम सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भारत, चीन, अमेरिकासहित १३...
राजेन्द्र महतोलाई धक्का: महासचिव झासहितका नेताहरूद्वारा पार्टी परित्याग
काठमाडौं। राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिव केशव कुमार झासहित नौ जना केन्द्रीय पदाधिकारी तथा सदस्यहरूले साधारण...




