राजेश महर्जन रास्वपा काठमाडौं क्षेत्र नं. १ को उपसभापतिमा चयन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौं क्षेत्र नं. १ को उपसभापतिमा राजेश महर्जन चयन भएका छन्।
पार्टीको संगठन विस्तार तथा सुदृढीकरण अभियानअन्तर्गत महर्जनलाई उक्त जिम्मेवारी प्रदान गरिएको हो। लामो समयदेखि पार्टीका गतिविधिमा सक्रिय रहँदै आएका महर्जनले संगठन निर्माण, जनसम्पर्क विस्तार तथा पार्टीका कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउन महत्वपूर्ण भूमिका खेल्दै आएका छन्।
उपसभापतिमा चयन भएपछि महर्जनले पार्टीको नीति, सिद्धान्त र जनअपेक्षाअनुसार संगठनलाई थप मजबुत बनाउँदै जनताको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
रास्वपाले उनको नेतृत्व र सक्रियताले काठमाडौं क्षेत्र नं. १ मा पार्टी संगठनलाई थप गतिशील बनाउने विश्वास व्यक्त गरेको छ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया