Techie IT
KTM Post
बिहीबार, ११ असार, २०८३

सिन्धुपाल्चोकबाट साढे २ करोडको भेपसहित एकजना पक्राउ


काठमाडौं । प्रहरीले सिन्धुपाल्चोकबाट ठूलो मात्रामा अवैध भेप (विद्युतीय चुरोट)बरामद गरेको छ ।

बाह्रबिसे नगरपालिका-३ खाग्दलबाट अवैध रुपमा ल्याउँदै गरेको ७ हजार ७०० वटा भेपसहित एकजनालाई नियन्त्रणमा लिएको जनाइएको छ। बरामद भेपको अनुमानित मूल्य २ करोड ६९ लाख ५० हजार रहेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोककै जुगल गाउँपालिका-४ का ३६ वर्षीय रामुकुमार श्रेष्ठ रहेका छन् । विशेष सूचनाका आधारमा खटिएको इलाका प्रहरी कार्यालय बाह्रबिसेको टोलीले श्रेष्ठलाई प्रदेश०३-०१-०२४च ९२१९ नम्बरको बोलेरो गाडीसहित नियन्त्रणमा लिएको हो ।

 

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट