काभ्रेका दुई स्थानमा बर्ड फ्लुको संक्रमण पुष्टि
काठमाडौं । काभ्रेका दुई स्थानमा बर्ड फ्लु पुष्टि संक्रमण भएको छ । बनेपा नगरपालिका–१३ साँगामा बद्री खत्रीले सञ्चालन गरेको लेयर्स कुखुरा फार्म र पनौती नगरपालिका–७ स्थित सुकुमवासी बस्ती क्षेत्रमा संक्रमण पुष्टि भएको हो ।
साँगास्थित लेयर्स कुखुरा फार्ममा एक हजार ६५० कुखुरा तथा पनौतीमा हाँस र स्थानीयले पालेको लोकल कुखुरामा बर्ड फ्लु पुष्टि भएको हो ।
ती स्थानमा संक्रमित पन्छी नष्ट गर्ने ९डिस्पोजल० कार्य भइरहेको जनाइएको छ । खुला रूपमा कुखुरा तथा हाँस पालिने र जैविक सुरक्षा कमजोर भएका क्षेत्रमा संक्रमणको जोखिम बढी देखिएको छ ।
तर, जिल्लाका अधिकांश ठूला व्यावसायिक पोल्ट्री फार्महरूले जैविक सुरक्षा मापदण्ड पालना गरेकाले त्यस्ता फार्महरूमा संक्रमण नदेखिएको जनाइएको छ ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया