Techie IT
KTM Post
बिहीबार, ११ असार, २०८३

एमाले उपाध्यक्ष विष्णु पौडेल विशेष अदालतमा पेस गरिँदै


काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा हाजिर भएका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई अदालत पेश गरिने भएको छ ।

सोमबार सुर्खेतबाट पक्राउ परेका उनलाई काठमाडौं ल्याएर आज विशेष अदालतमा पेश गर्न लागिएको हो । अदालतल उनलाई थुनामा राखेर अनुसन्धान गर्ने वा थुनामुक्त गरेर अनुसन्धान गर्ने आदेश दिनेछ ।

उनलाई सोमबार सुर्खेतबाट पक्राउ गरी रातारात काठमाडौँ ल्याइएको थियो। उनलाई नियन्त्रणमा लिनुअघि विभागको टोलीले उनको निवासमा पनि छापा मारेको थियो ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट