Techie IT
KTM Post
बिहीबार, ११ असार, २०८३

सवारीसाधनको दर्तामा आंशिक खुला, जेठ ८ सम्म एलसी खोलिएका सवारी दर्ता गर्न पाइने


काठमाडौं । यातायात व्यवस्था विभागले जेठ ८ गतेसम्म प्रतितपत्र (एलसी) खोलिसकेका र नेपाल भित्रिसकेका सार्वजनिक सवारी साधनहरूको दर्ता प्रक्रिया आंशिक रूपमा खुला गरेको छ।

सार्वजनिक सवारीसाधनको नयाँ दर्ता रोक्का गर्ने सरकारको निर्णयका कारण समस्यामा परेका यातायात व्यवसायीको माग आंशिक सम्बोधन गर्दै यातायात व्यवस्था विभागले जेठ ८ गतेसम्म एलसी खोलिएका तथा आयात प्रक्रिया अघि बढिसकेका सार्वजनिक सवारीसाधन दर्ता गर्न सकिने व्यवस्था गरेको हो ।

विभागले यसअघि २०८३ जेठ ७ गते (२०८३/०२/०७) पत्र पठाई अर्को सूचना जारी नभएसम्मका लागि नयाँ सार्वजनिक सवारी साधनहरूको दर्ता रोक्का गर्ने निर्णय गरेको थियो ।तर उक्त निर्णय हुनुअघि नै आयातको प्रक्रिया अगाडि बढाइसकेका व्यवसायीहरूको सहजताका लागि विभागले नयाँ व्यवस्था गरेको दाबी गरेको छ ।

विभागका प्राविधिक निर्देशक मणिराम भुसालले हस्ताक्षर गरेको विज्ञप्तिमा जेठ ८ गते वा सोभन्दा अगाडि नै प्रतीतपत्र खोलिसकेका सार्वजनिक सवारी साधनका हकमा यो व्यवस्था लागू हुनेछ । सम्बन्धित आयातकर्ता कम्पनीले सो समयभन्दा अगाडि नै प्रतीतपत्र खोलेको प्रमाण र आवश्यक कागजातहरू पेस गरेमा दर्ता प्रक्रिया अगाडि बढाउन सकिने विभागले जनाएको छ । यसैगरी, नेपाल भित्रिइसकेका सार्वजनिक सवारी साधनहरूको हकमा पनि आवश्यक कागजातहरू जाँचबुझ गरी विवरण अनुरूप देखिएमा दर्ता गर्न कुनै बाधा नपर्ने विभागको निर्णयमा उल्लेख छ ।

विभागले कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थासम्बन्धी मन्त्रालयहरू र सबै स्थानीय तहहरूलाई यो निर्णय कार्यान्वयनका लागि अनुरोध गरेको छ ।

5.jpg

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट