Techie IT
KTM Post
बिहीबार, ११ असार, २०८३

बौद्धस्थित भाट–भटेनी सुपर स्टोर पुन : सञ्चालनमा


काठमाडौं । काठमाडौँको बौद्धस्थित भाट–भटेनी सुपर स्टोर पुन सञ्चालनमा आएको छ । गत भदौको जेन्जी आन्दोलनका कारण बन्द भएको सुपर स्टोर आजदेखि पुनः सञ्चालनमा आएको हो ।

आजदेखि दैनिक रूपमा नियमित सेवा प्रदान गर्ने गरेको छ । ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै आधुनिक सुविधा तथा गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता यथावत् रहेको जनाइएको छ ।

जेनजी आन्दोलनका क्रममा ११ वटा स्टोर जलेर पूर्णरूपले नष्ट भएका थिए । साथै बालुवाटास्थित वेयरहाउस पनि आगजनी भएको थियो । तीमध्ये वेयरहाउस र अरू ४ वटा स्टोर सञ्चालनमा आइसकेका छन् । बौद्धस्थित स्टोर पुनः सञ्चालनमा आएको पाचौं स्टोर हो । यसअघि कोटेश्वर, पोखरा, चितवन र महाराजगञ्जमा रहेका स्टोर पुनः सञ्चालनमा आइसकेका छन् ।

 

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट