परराष्ट्र मन्त्रालयद्वारा ४९ बुँदे मासिक विवरण सार्वजनिक, कूटनीतिक सहकार्य र सेवा विस्तारमा जोड
काठमाडौं । परराष्ट्र मन्त्रालयले जेठ महिनामा गरेका प्रमुख गतिविधि तथा उपलब्धिहरू समेटिएको ४९ बुँदे मासिक प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनमा उच्चस्तरीय भेटघाट, अन्तर्राष्ट्रिय सहकार्य, पूर्वाधार परियोजना प्रगति तथा कन्सुलर सेवासम्बन्धी कामहरू समेटिएका छन्।
२०८३ जेठ १२ गते प्रधानमन्त्री बालेन्द्र शाहसँग काठमाडौँ र नयाँ दिल्लीस्थित युरोपियन युनियन र काठमाडौंस्थित यूरोपेली र अन्य मुलुकका राजदूत /नियोग प्रमुखहरूले संयुक्त शिष्टाचार भेट गरेका थिए । उक्त कार्यक्रमका लागि तयारी, समन्वय र सहजीकरण परराष्ट्र मन्त्रालयले गरेको थियो ।
संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिद्धारा आयोजित परराष्ट्र मन्त्रालयसँग सम्बन्धित अन्तरक्रियामा परराष्ट्रमन्त्री र परराष्ट्र सचिव सहभागी भएका थिए । त्यसक्रममा मन्त्रालयका प्राथमिकता, चालू कार्यक्रम, द्विपक्षीय तथा बहुपक्षीय कूटनीतिक गतिविधि तथा परराष्ट्र नीतिसम्बन्धी विषयहरूमा विस्तृत प्रस्तुतीकरण गरिएको थियो ।
यसबाहेक भारत र नेपालबीच सञ्चालनमा रहेका सीमापार रेलमार्ग परियोजनाको प्रगति समीक्षा तथा रेल क्षेत्रमा द्विपक्षीय सहकार्यलाई थप प्रभावकारी बनाउने सन्दर्भमा भएक काम पनि समावेश छ ।
काठमाडौंमा Project Staring Committee (PSC) को दशौं र Joint Working Group (JWG) को आठौँ बैठक जेठ २८ र २९ गते काठमाडौंमा सम्पन्न भएको थियो । त्यस अवसरमा भारत–नेपाल सीमापार रेल सम्पर्क परियोजनाको कार्यान्वयन अवस्था, निर्माण प्रगति तथा आगामी कार्ययोजनाबारे विस्तृत समीक्षा गरिएको थियो ।
यस्तै प्राप्त निवेदनबमोजिम १९ थान गैरआवासीय नेपाली परिचय पत्र जारी गरिएको परराष्ट्र मन्त्रालयको मासिक प्रतिवेदनमा समावेश छ । कन्सुलर सेवा विभागबाट ७५ हजार ४५३ थान कागजात प्रमाणीकरण गरिएको छ ।
विदेशमा समस्यामा परेका नेपाली नागरिकको उद्धार तथा व्यवस्थापन कार्य पनि यस अवधिमा गरिएको छ। १२२ जना नेपालीको उद्धार तथा क्षतिपूर्तिका लागि र विदेशमा मृत्यु भएका २२ जनाको शव व्यवस्थापनका लागि नियोगहरूसँग समन्वय गरिएको प्रतिवेदनमा उल्लेख छ।
राहदानी सेवातर्फ भने जेठ महिनामा जिल्ला तथा ईलाका प्रशासन कार्यालय, नियोगहरू र राहदानी विभागमार्फत कुल १ लाख १ हजार ३३० वटा राहदानी जारी गरिएको मन्त्रालयले जनाएको छ।
https://drive.google.com/file/d/1nATf3VObD4dyFRgM5Y1dJTqYBR95owTw/view?usp=sharing
क्याटेगोरी : समाचार













प्रतिक्रिया