Techie IT
KTM Post
बिहीबार, ११ असार, २०८३

ट्राफिक प्रहरीले ड्युटीको समयमा चालक र सेवाग्राहीसँग हात मिलाउन नपाउने


काठमाडौं । ट्राफिक प्रहरीले अब ड्युटीको समयमा चालक तथा अन्य सेवाग्राहीहरूसँग हात मिलाउन नपाउने भएका छन्। ट्राफिक प्रहरीले ड्यटीको समयमा सवारी सेवाग्राहीहरूसँग हात मिलाएका भिडियोहरू सामाजिक सञ्जालमा आएपछि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले यस्तो निर्देशन जारी गरेको हो।

सर्कुलरमा ट्राफिक प्रहरीले चेकिङलगायत अन्य ड्युटीको समयमा सवारी चालक र अन्य सेवाग्राहीसँग हात मिलाएका दृश्यहरूबारे सामाजिक सञ्जाल तथा आम नागरिकहरूबाट विभिन्न गुनासो प्राप्त भइरहेको उल्लेख छ । यसैलाई आधार बनाएर अब उप्रान्त कुनै पनि ट्राफिक प्रहरी कर्मचारीले ड्युटीको समयमा सवारी चालकलगायत सेवाग्राहीसँग हात मिलाउने कार्य पूर्णरूपमा त्याग्नुपर्ने र त्यसको सट्टा टाढैबाट नमस्कार मात्र गरी सम्मान गर्नु/गराउनु निर्देशन दिइएको छ।

‘अब उप्रान्त कुनै पनि ट्राफिक प्रहरी कर्मचारीहरूले ड्युटीको समयमा सवारीचालकलगायत अन्य सेवाग्राहीहरूसँग हात मिलाउने कार्यलाई पूर्ण रूपमा अस्वीकार गरी टाढैबाट नमस्कार मात्र भनी सम्मान गर्न–गराउन हुन निर्देशानुसार अनुरोध गरिएको छ,’ निर्देशनमा भनिएको छ।

 

 

 

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट