Techie IT
KTM Post
बिहीबार, ११ असार, २०८३

विष्णु पौडेललाई गैरकानूनी थुनामा राखिएको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट दर्ता


काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दर्ता भएको छ ।

विष्णु पौडेलको हकमा पत्नी दोमाया पौडेलले बुधबार बन्दीप्रत्यक्षीकरण रिट दर्ता गरेकी हुन् । बिना प्रमाण पक्राउ गरिएको भन्दै बन्दीप्रत्यक्षीकरण आदेश जारी गर्न माग गरिएको छ। बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइका लागि बिहीबारका लागि पेसी तोकिएको छ ।

पौडेलमाथि सम्पत्ति शुद्धीकरणको आरोप लगाउँदै अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ । उनलाई विशेष अदालतबाट मङ्गलबार सात दिनको थुना म्याद थप भएको थियो ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट