Techie IT
KTM Post
शुक्रबार, १२ असार, २०८३

बाढीले डाइभर्सन बगायो, बुटवल-गोरुसिंगे सडक अवरुद्ध


काठमाडौं । बुटवल–गोरुसिंगे सडकखण्डअन्तगर्त रुपन्देहीको सैनामैना नगरपालिका– ५ स्थित घमाहा खोलाको डाइभर्सन बाढीले बताएको छ । गएराति परेको अविरल वर्षाले डाइभर्सन बगाएपछि सडक पूर्ण बन्द भएको हो ।

गत वैशाखमा घमाहा खोलाको पुल भासिएपछि डाइभर्सन बनाएर यातायात सञ्चालन गरीएको थियो । बाढीले बगाएको डाइभर्सन निर्माणको लागि सडक डिभिजनसँग समन्वय भइरहेको जनाइएको छ ।

पश्चिमबाट पूर्व आउने लामो दूरीका गाडीहरू गोरुसिंगेबाट तौलिहवा भैरहवाहुँदै भूमही जाने गरेको छन् भने पूर्वबाट पश्चिम जाने गाडीहरू नवलपरासीको भूमहीबाट भैरहवा, लुम्बिनी, तौलिहवाहुँदै गोरुसिंगे भएर पश्चिमतर्फ जाने छन् ।

बुटवल–गोरुसिंगे ५० किलोमिटर सडक विस्तारको क्रममा रहेको छ । पटकपटक सडक अवरुद्ध हुँदा यात्रुले सास्ती खेप्दै आएका छन् ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट