Techie IT
KTM Post
सोमबार, २२ असार, २०८३

कर्णाली नदीमा भेटियो दुई जनाको शव, साङ्गेतडा घटनाको हुनसक्ने आशङ्का


काठमाडौ । कर्णाली नदी अन्तर्गत कैलाली क्षेत्रमा दुई वटा शव भेटिएका छन् । भेटिएका शवमध्ये एक जना १७–१८ वर्षको महिला र ३०–३५ वर्ष उमेर समूहको पुरुष रहेका छन् ।

यद्यपि पहिचान र सनाखत हुन भने बाँकी छ । पुरुषको शव कैलालीको मोहान्याल गाउँपालिका—६, सुङ्गरखालको कर्णाली नदी क्षेत्रमा भेटिएको हो भने महिलाको शव चिसापानीको गोरुङ्गे क्षेत्रमा भेटिएको जनाइएको छ ।

बिहीबार बिहान ११ः ३० बजे सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको जाँदै गरेको क।प्र। ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका—७ स्थित कर्णाली राजमार्गको साङ्गेतडा क्षेत्रमा दुर्घटना भएको थियो ।

गाडी राजमार्गबाट करिब ४०० मिटर तल कर्णाली नदीमा खसेको थियो । त्यसपछि गाडी नदीमा डुबेको थियो । गाडीमा सवारमध्ये कालिकोट पचालझरना गाउँपालिका—९ निवासी ५४ वर्षीय जेखे तिरुवा भीरमा अड्किएको अवस्थामा फेला परेका थिए । दुल्लु अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरे । त्यस बाहेक गाडी र चार जना यात्रुको अवस्था अज्ञात छ ।

गाडीसँगै बेपत्ता हुनेमा कालिकोटकै पचालझरना–९ कामेखे तिरुवा, रास्कोट नगरपालिका—२ का सिर्जना खड्का र पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका—८, का तुलाराम सुबेदी र सहचालक राम प्रसाद सुवेदी रहेका छन् ।

चालक र सहचालक दुई दाजुभाइ हुन् । ३ वटै सुरक्षा निकायले खोजी कार्य जारी राखेका छन् ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट