कैलालीमा प्रहरी हिरासतबाट थुनुवा फरार, डिउटीमा रहेका प्रहरी जवान निलम्बित
काठमाडौं । कैलालीको टीकापुरस्थित इलाका प्रहरी कार्यालयको हिरासतबाट लागुऔषध मुद्दामा थुनामा रहेका एक व्यक्ति फरार भएका छन्।
आइतबार राति टीकापुर नगरपालिका–१ निवासी ३१ वर्षीय संजय नगार्जी हिरासतबाट भागेका हुन्। फरार भएका नगार्जीको खोजी कार्य तीव्र पारिएको भए पनि उनी हालसम्म पक्राउ परेका छैनन्।
घटनाबारे सत्यतथ्य छानबिन गर्न डीएसपी तिमिल्सिनाको संयोजकत्वमा पाँच सदस्यीय अनुसन्धान समिति गठन गरिएको प्रहरीले जनाएको छ।
यसैबीच, थुनुवा फरार भएको समयमा डिउटीमा रहेका प्रहरी जवान लली भण्डारीलाई निलम्बन गरिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया