शौचालयको बत्ती मर्मत गर्ने क्रममा करेन्ट लागेर वडा सचिवको मृत्यु
असार २३ । दाङमा करेन्ट लागेर एक जना वडा सचिवको मृत्यु भएको छ।
मृत्यु हुनेमा गढवा गाउँपालिका–५ का वडा सचिव ४० वर्षीय रामनरेश यादव रहेका छन्। इलाका प्रहरी कार्यालय गढवाका प्रमुख प्रहरी निरीक्षक साहिल बुढाथोकीका अनुसार सोमबार बेलुकी करिब पौने ९ बजेतिर गढवा–६ प्रनहवास्थित आफ्नै घरमा शौचालयको बत्ती मर्मत गर्ने क्रममा यादवलाई करेन्ट लागेको हो।
करेन्ट लागेपछि गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि लमही अस्पताल पुर्याइएको थियो। तर अस्पताल पुगेलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
प्रहरीका अनुसार शव पोस्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया