Techie IT
KTM Post
मंगलबार, २३ असार, २०८३

महोत्तरीका किसानले१ अर्ब ७६ करोड ५२ लाख भुक्तानी प्राप्त


महोत्तरीका उखु किसानले आर्थिक वर्ष २०८२/८३ मा बिक्री गरेको उखुको अधिकांश रकम प्राप्त गरेका छन्। जिल्लाका दुई चिनी उद्योगले किसानलाई करिब रु १ अर्ब ७६ करोड ५२ लाख भुक्तानी गरिसकेका हुन्।

जिल्ला प्रशासन कार्यालयका अनुसार एभरेष्ट सुगर एण्ड केमिकल इन्डष्ट्रिज र सिद्धिविनायक सुगर एण्ड केमिकल इन्डष्ट्रिज मा गरी यस वर्ष करिब २८ लाख ६७ हजार क्विन्टल उखु खरिद गरिएको थियो।

कुल रु १ अर्ब ७७ करोड ३४ लाख मूल्य बराबरको उखुमध्ये अधिकांश रकम किसानले प्राप्त गरिसकेका छन् भने बाँकी भुक्तानी प्रक्रिया अन्तिम चरणमा पुगेको प्रशासनले जनाएको छ।

यस्तै, उखु किसानका लागि सरकारले उपलब्ध गराउने रु २० करोड ७ लाख ५९ हजार ११७ अनुदान वितरणका लागि सम्बन्धित निकायमा सिफारिस भइसकेको छ।

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको जिल्ला भुक्तानी समितिले सिफारिस गरेको उक्त अनुदानसहित सबै भुक्तानी असार मसान्तभित्र सम्पन्न गर्ने तयारी रहेको प्रशासनले जनाएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट