Techie IT
KTM Post
शुक्रबार, २६ असार, २०८३

गणेश नेपालीको निधनपछि वीर अस्पतालमा सुरक्षा कडा


काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएपछि वीर अस्पताल परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

मुगुको सोरु गाउँपालिका–१ स्थायी घर भई हाल भक्तपुर बस्दै आएका नेपालीको वीर अस्पतालको बर्न भेन्टिलेटर वार्डमा उपचार भइरहेको थियो। उपचारकै क्रममा शुक्रबार बिहान ११:१९ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

उनको निधनको खबर सार्वजनिक भएपछि वीर अस्पताल परिसरमा आफन्त तथा सर्वसाधारणको उपस्थिति बढ्न थालेको छ। भीड बढ्दै गएपछि सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै अस्पताल परिसरमा थप प्रहरी परिचालन गरिएको छ।

अस्पतालको मुख्य प्रवेशद्वारदेखि भित्रसम्म प्रहरी तैनाथ गरिएको छ भने उपचारका लागि आएका बिरामी र उनीहरूका आफन्तको आवतजावतलाई व्यवस्थित बनाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। सुरक्षा अवस्थालाई मध्यनजर गर्दै अस्पताल क्षेत्रमा सतर्कता बढाइएको छ।

 

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट