पुराना, कुच्चिएको र चुहिने जारमा पानी बिक्री नगर्न विभागको चेतावनी
काठमाडौं । बजारमा पुरानो, कुच्चेको टालिएको, चुहिएको एवं अपारदर्शी जारमा प्रशोधित पिउने पानी उत्पादन तथा वितरण नगर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले निर्देशन दिएको छ ।
विभागले प्रशोधित पिउने पानी बजारमा पुरानो, कुच्चेको टालिएको, चुहिएको एवं अपारदर्शी जारमा नपठाउन प्रशोधित पिउने पानी उत्पादक, दुवानीकर्ता एवं विक्रेतालाई निर्देशन दिएको हो । सूचनाको वर्खिलाप गरेमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०२१ बमोजिम कारवाही हुने विभागले जनाएको छ ।
गर्मी तथा वर्षायाममा झाडापखाला लगायत विभिन्न रोगका हानीकारक सुक्ष्म जीवहरुको संक्रमण बढ्न जाने र संक्रमित पानीको प्रयोगबाट मानिसमा रोगको संक्रमण हुने सम्भावना भएकाले जारको पानी विक्री वितरणमा कडाइ गरेको हो ।
विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०६१ र नियमावली, २०२७ तथा प्रशोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धी निर्देशिका, २०७४ अनुसार उत्पादन तथा बिक्री वितरण गर्न सबै सरोकारवालालाई आग्रह गरेको छ ।

क्याटेगोरी : समाचार









प्रतिक्रिया