Techie IT
KTM Post
सोमबार, २८ वैशाख, २०८३

आज बागमती प्रदेशमा सार्वजनिक बिदा


काठमाडौं । बागमती प्रदेश सरकारले आज बिहीबार प्रदेश सरकारको कामकाजको भाषासम्बन्धी दिवसको अवसरमा सार्वजनिक बिदा दिने भएको छ । देशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै सो दिन सार्वजनिक बिदा हुने जानकारी गराएको हो।

प्रदेश सरकारको ‘सरकारी कामकाजको भाषा सम्बन्धी दिवस’ को अवसरमा यो बिदा दिइएको हो। बागमती प्रदेशले नेपाल भाषा र तामाङ भाषालाई प्रदेशको सरकारी कामकाजको भाषाको रूपमा लागू गरेको ऐतिहासिक दिनको स्मरणमा यो दिवस मनाउन लागिएको हो।

बागमती प्रदेश राजपत्रको खण्ड ९, संख्या ९, भाग ३ मा २०८० साल चैत २३ गते प्रकाशित सूचना बमोजिम वैशाख २४ गतेलाई भाषा दिवसको रूपमा मनाउने र सार्वजनिक बिदा दिने निर्णय पहिले नै भइसकेको थियो। सोही निर्णय अनुसार भोलि प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक निकायहरूमा बिदा लागू हुनेछ।

मन्त्रालयका नवौँ तहका अधिकृत पदम ओझाद्वारा हस्ताक्षरित सूचनामा बागमती प्रदेशका १३ वटै जिल्लामा यो बिदा प्रभावकारी हुने उल्लेख छ।

 

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट