सुलभ अग्रवालको घर र हिमालयन रि-इन्स्योरेन्सको कार्यालयमा छापा
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सुलभ अग्रवालको घर र हिमालयन रि-इन्स्योरेन्सको कार्यालयमा छापा मारेको छ ।
मंगलबार निजी निवास र हिमालयन रि-इन्स्योरेन्सको कार्यालयमा छापा हानेको जनाइएको छ । छापा मारेर अनुसन्धानका लागि आवश्यक कागजात लिएको जनाइएको छ ।
सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका दीपक र सुलभ हाल हिरासतमै रहेका छन् । दीपक भट्ट निजी क्षेत्रको रिइन्स्योरेन्स कम्पनी हिमालयन रिइन्स्योरेन्स कम्पनीका ठूला शेयरधनीमध्ये एक हुन् ।
क्याटेगोरी : समाचार










प्रतिक्रिया