Techie IT
KTM Post
सोमबार, २८ वैशाख, २०८३

अनुसन्धानका लागि पालिएका पञ्छीमा बर्डफ्लू : ५० लाख रुपैयाँको क्षति


काठमाडौं । राष्ट्रिय पछी अनुसन्धान कार्यक्रमअन्तर्गत अनुसन्धानका लागि बारामा पालेका पछीमा बर्डफ्लू देखिएपछि झन्डै ५० लाख रुपैयाँ बराबरको क्षती भएको छ । गएको चैत अन्तिम हप्ता देखापरेको बर्डफ्लूको कारणले बाराको परवानीपुरमा रहेको राष्ट्रिय पछी अनुसन्धान कार्यक्रमअन्तर्गत पालिएका पछी र तिनीहरुको आहारसमेत नष्ट गर्नुपरेको सूचना अधिकारी खमबहादुर प्रजाले जानकारी दिनुभयो ।

उहाँका अनुसार शुरूमा टर्कीमा बर्डफ्लू देखिएका त्यसपछि अरू पक्षीमा पनि देखिएको हो । बर्डफ्लूको कारणले झन्डै दुई हजार कुखुराको चल्ला, झन्डै १२ सय गिरीराजलगायत कुखुराको प्रजाति, तित्रा ३३ वटा, सेतोरकालो टर्की ४७ वटा, बट्टाई झन्डै ४ सय ५० वटा नष्ट गरिएको कार्यालयले जनाएको छ ।

यस्तै फार्म नजिक राखिएको तिनीहरुको दाना पनि नष्ट गर्नुपरेको छ । अहिले फार्ममा चुना छर्किने, मल पुर्ने, आगोको ताप लगाउने लगायतका निर्मलीकरणका काम भइरहेको सूचना अधिकारी प्रजाले बताउनुभयो ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट