Techie IT
KTM Post
सोमबार, २८ वैशाख, २०८३

सभामुख डीपी अर्यालको गाडीले नियम उल्लंघन गरेपछि ट्राफिकले काट्यो चिट


काठमाडौं । सभामुख डीपी अर्यालको गाडीलाई ट्राफिक प्रहरीले चिट काटेको छ । थापाथलीस्थित सडकमा ट्राफिक नियम उल्लघंन गरेको सभामुखको गाडीलाई ट्राफिक प्रहरीले चिट काटेको हो ।

सभामुखको गाडीसँगै अगुवा र पछुवा गरी तीन वटा गाडीलाई चिट काटिएको छ । थापाथलीमा ट्राफिक नियम उल्लघंन गरेर सभामुखको गाडी सिंहदरबार पुगेको थियो । ट्राफिक प्रहरी सिंहदरबारमै गएर चिट काटेको हो ।

लेन क्रस गर्ने क्रममा उक्त गाडीलाई चिट काटिएको हो । उनी सवार भएरनभएकोबारेमा भने प्रहरीले केही बताएको छैन् ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट