बाढीका कारण सिद्विचरण राजमार्ग अवरुद्ध
काठमाडौँ । बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । बेमौसमी वर्षापछिको बाढीका कारण बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध अवरोध भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए ।
उदयपुर कटारी नगरपालिका–१४ दलदलेस्थित सिद्विचरण राजमार्गमा बाढीले क्षति पुर्याएपछि शनिबारदेखि सडक पूर्ण रुपमा अवरोध भएको काफ्लेको भनाई छ । सडक अवरुद्ध हुंदा उदयपुर लगायतका जिल्लाबाट खोटाङ, ओखलढुंगा, सोलु लागयतका पहाडी जिल्ला हिडेका यात्रु अलपत्र परेका छन् ।
त्यसैगरी पहाडी जिल्लाबाट तराईतिर झर्न लागेका यात्रुहरु उदयपुरको घुर्मी लागयतका स्थानमा रोकिएको प्रहरीले जनाएको छ । सडक खुलाउँने प्रयास भइरहेको बताइएको छ ।
क्याटेगोरी : समाचार










प्रतिक्रिया