नक्कली गहना धितो राखेर कर्जा, समातिए तीन आरोपित
काठमाडौं । नक्कली गहना धितो राखी ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१४ बस्ने ४५ वर्षीया मिना कुमारी सुनुवार, भक्तपुर मध्यपुर थिमी नगरपालिका–४ बस्ने दोलखा वैतेश्वर गाउँपालिका–१ घर भएका ३८ वर्षीय कालीदास धतानी र भक्तपुर नगरपलिका–८ बस्ने झापा अर्जुनधारा नगरपालिका–३ घर भएका २७ वर्षीय अजित विश्वकर्मा रहेका छन् ।
ललितपुरका एक सुनचाँदी व्यवसायीलाई आफ्नो आमा बिरामी परेकोले उपचारका लागि रकम आवश्यक परेको भन्दै सुन धितो राखेर ५ लाख ऋण लिएको पाइएको प्रहरीले बताएको छ ।
बाहिर सुनको लेप लगाएर नक्कली सुन धितो राखेको पाइएपछि ती व्यवसायीले प्रहरीलाई खबर गरेको दाबी गरिएको छ । त्यसपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरूको साथबाट सुन तथा चाँदीको जस्तो देखिने विभिन्न गरगहना समेत बरामद गरेको बताएको छ ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया