कीर्तिमानी आरोही शेर्पाद्वयलाई प्रधानमन्त्री शाहको बधाई
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले कीर्तिमानी आरोही कामिरिता शेर्पा र लाक्पा शेर्पालाई बधाई तथा उच्च सम्मान व्यक्त गरेका छन् ।
सामाजिक सञ्जाल एक्समार्फत प्रधानमन्त्री शाहले आरोहीहरूको यो सर्वोच्च सफलताले नेपालको पर्वतीय पर्यटनलाई अझ विश्वसनीय, गौरवपूर्ण र आकर्षक बनाउँदै अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचानलाई अझ उज्यालो बनाउने विश्वास लिएको बताएका छन् ।
आफ्नै कीर्तिमान तोड्दै आज बिहान कामिरिताले ३२औँ र ल्हाक्पाले ११औँ पटक सगरमाथा आरोहण गरेका थिए ।
World record 32 times Mount Everest climb.
विश्वको सर्वोच्च शिखर सगरमाथा केवल एउटा भौगोलिक उचाइको अवयव मात्रै होइन, नेपालको आत्मसम्मान, साहस, धैर्य र हिमाली सभ्यताको सर्वोच्च प्रतीक हो। यही गौरवशाली हिमालमाथि आज नेपाली आरोहीहरूले पुनः इतिहास लेखेका छन्।विश्वविख्यात आरोही कामी… pic.twitter.com/y6zVcj39X9
— Balen Shah (@ShahBalen) May 17, 2026
क्याटेगोरी : समाचार













प्रतिक्रिया