Techie IT
KTM Post
आईतबार, १४ असार, २०८३

मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने


काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौंको मध्यभागमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण गर्ने भएको छ । चक्रपथभित्र सहज रूपमा विद्युत् उपलब्ध गराउने लक्ष्यका साथ यो प्रसारण लाइन निर्माण हुन लागेको हो । यसले विद्युत् खपत बढाउने र शहरमा सौन्दर्य अभिवृद्धि पनि गर्ने छ ।

प्रस्तावबमोजिम बालाजु महाराजगञ्ज–राजदरबार–रत्नपार्क हुँदै सिंहदरबारसम्म यो प्रसारण लाइन जोडिनेछ । बालाजु सबस्टशेनदेखि सिंहदरबारसम्म जोडिने यो प्रसारण लाइनको लम्बाइ ११ दशमलव ९२ किलोमिटर रहनेछ । डलब सर्किट यो प्रसारण लाइन आगामी तीन वर्षभित्र निर्माण सम्पन्न हुनेछ ।

यस्तै महाराजगञ्जमा १३२:११ केभी राजदरबारमा १३२:११ केभी क्षमताको सबस्टेशन निर्माण हुनेछ । यस्तै रत्नपार्कमा १३२:११ केभी र सिंहदरबारमा १३२:६६:११ केभी क्षमताको सबस्टेशन पनि निर्माण हुनेछ ।

प्राधिकरणले यसअघि रत्नपार्क महाराजगञ्ज क्षेत्रमा भूमिगत प्रसारण लाइन निर्माण गरिसकेको छ । काठमाडौं र ललितपुरका विभिन्न क्षेत्रमा समेत भूमिगत प्रसारण लाइन निर्माणको क्रममा छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट