Techie IT
KTM Post
आईतबार, १४ असार, २०८३

वीरगञ्जका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी


काठमाडौं । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पर्सा जिल्ला अदालतले उनलाई लिखत किर्ते गरेको कसुरमा पक्राउ पुर्जी जारी गरेको हो ।

अदालतका तहसिलदार देवराज भट्टराईले मेयर सिंहलाई पक्राउ गर्न अनुमति दिएको पुष्टि गरे । उनका अनुसार यो अनुमति ८ जेठमै दिइएको हो ।

मेयर सिंहविरुद्ध नागरिकता सम्बन्धी लिखत कसुरमा पक्राउ गर्न अदालतले अनुमति दिएको जनाइएको छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट