आगामी वर्ष १ खर्बको काठ बेच्ने सरकारको लक्ष्य
काठमाडौं । सरकारले आगामी वर्ष करिब एक खर्बको काठ बेच्ने लक्ष्य राखेको छ । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले यस्तो जानकारी दिएकी हुन् ।
‘आर्थिक वर्ष २०८३र८४ मा करिब १ खर्बको काठ बेच्ने लक्ष्य राखेको छु,’ प्रतिनिधिसभाको बैठकलाई उनले जानकारी गराइन् ।
मन्त्री चौधरीका अनुसार नेपालमा सबै खाले वनबाट ३ करोड घन फिट काठ उत्पादन हुने गरेको छ ।
यसले नेपाली बजारको माग मात्रै पूरा नगरी विदेश निर्यात हुने उनको विश्वास छ । साथै, नेपाल काठमा पूर्ण आत्मनिर्भर पनि हुने उनले बताइन् ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया