एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात
वीरगञ्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा १ खर्ब ८१ अर्ब ७० करोड रुपैयाँ मूल्य पर्ने छ थरिका पेट्रोलियम पदार्थ आयात भएको छ ।
गत आवको १० महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा मूल्यको आधार यो नाका हुँदै २५ अर्ब ५३ करोड अर्थात १६ दशमलव ३५ प्रतिशतले वृद्धि भएको हो । जबकी गत आवको १० महिनामा भने १ खर्ब ५६ अर्ब १७ करोड रुपैयाँ मूल्य पर्ने छ थरिका पेट्रोलियम पदार्थ भित्रिएको थियो ।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आर्थिक वर्षको १० महिनामा पेट्रोलियम पदार्थहरुको आयातबाट ६७ अर्ब १९ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको बताए। चालु आर्थिक वर्षको १० महिनामा रू एक खर्ब ५७ करोड मूल्य पर्ने आठ लाख ९५ हजार दुई सय ४६ किलोलिटर डिजेल आयात भएको छ । जबकी गत आवको १० महिनामा भने रू ७९ करोड ५७ करोड मूल्य पर्ने नौ लाख ८५७ किलोलिटर डिजेल आयात भएको थियो ।
३५ अर्ब ७९ करोड रुपैयाँ मूल्य पर्ने तीन लाख ९० हजार ६१५ किलोलिटर पेट्रोल आयात भएको छ । गत आर्थिक वर्षको १० महिनामा भने ३१ अर्ब ७१ करोड रुपैयाँ मूल्य पर्ने तीन लाख ६७ हजार ३४४ किलोलिटर पेट्रोल आयात भएको थियो ।
चालु आर्थिक वर्षको १० महिनामा २५ अर्ब ५४ करोड रुपैयाँ मूल्य पर्ने २४ करोड २७ लाख तीन हजार १५० किलोग्राम एलपिजी ग्यास आयात भएको छ । जबकी गत आर्थिक वर्षका १० महिनामा भने ३० अर्ब २८ करोड रुपैयाँ मूल्य पर्ने २६ करोड ४१ लाख १४ हजार ३२६ किलोग्राम एलपीजी ग्यास आयात भएको छ ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया