Techie IT
KTM Post
आईतबार, १४ असार, २०८३

गणतन्त्र दिवस समारोहस्थलमै सैनिक जवान बेहोस


काठमाडौं । सैनिकमञ्च टुँडीखेलमा गणतन्त्र दिवस २०८३ मूल समारोह जारी रहेका बेला एक जना सैनिक जवान लडेका छन् ।

ड्युटीमा खटिएका बेला भुइँमा लमतन्न परेका उनलाई अन्यले उठाएका थिए । उनलाई सैनिकमञ्च परिसरमै रहेको उपचारस्थलमा लगिएको थियो । उनी सहयोगीहरुको सहरामा हिँडेरै उपचारस्थलमा पुगेका थिए ।

नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले ती सैनिक एकैठाउँमा उँभिरहँदा ‘खुट्टा जाम’ भएर लडेको जनाइएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ। ती सैनिक जवानको परिचय भने खुलेको छैन ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट