Techie IT
KTM Post
आईतबार, १४ असार, २०८३

दश महिनामा ८८ अर्ब बराबरको निर्यात


वीरगञ्ज । चालु आर्थिक वर्षको प्रथम १० महिनामा ८८ अर्ब २२ करोड रुपैयाँ बराबरका वस्तु तथा सामान निर्यात भएका छन् ।

गत आवको सोही अवधिमा ८३ अर्ब २५ करोड रुपैयाँ बराबरका वस्तु तथा सेवा निर्यात भएका वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले राससलाई जानकारी दिए ।

चालु आवको १० महिनामा ४८ अर्ब ११ करोड रुपैयाँ बराबरको भटमासको प्रशोधित तेल, ५ अर्ब ३५ करोड रुपैयाँको प्रशोधित सूर्यमुखी तेल तथा ६ अर्ब ४२ करोड रुपैयाँ बराबरको फलफूलको रस निर्यात भएको छ ।

यसैगरी, ३ अर्ब ३ करोड रुपैयाँका कपडा तथा २ अर्ब २५ करोड रुपैयाँ बराबरको ‘सिन्थेटिक यार्न’ निर्यात भएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट