सांसद केपी खनालको शिक्षा अभियान : विपन्न विद्यार्थीलाई ‘MP Scholarship’ मार्फत उच्च शिक्षाको अवसर
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का युवा सांसद केपी खनालले कैलाली क्षेत्र नं २ का आर्थिक रूपमा कमजोर, जेहेन्दार तथा सक्षम विद्यार्थीहरूको उच्च शिक्षाको सपना पूरा गर्न “MP Scholarship” कार्यक्रम अघि बढाएका छन्।
विभिन्न प्रतिष्ठित शैक्षिक संस्थासँग सहकार्य गरेर सञ्चालन गरिएको उक्त कार्यक्रममार्फत आर्थिक अभावका कारण उच्च शिक्षाबाट टाढिन बाध्य विद्यार्थीलाई छात्रवृत्तिको अवसर प्रदान गरिनेछ।
कार्यक्रमले विशेषगरी प्रतिभाशाली र मेहनती विद्यार्थीलाई गुणस्तरीय शिक्षामा पहुँच विस्तार गर्ने लक्ष्य लिएको छ।
सांसद खनालको यो पहललाई स्थानीय स्तरमा निकै सकारात्मक रूपमा लिइएको छ। राजनीतिक जिम्मेवारीसँगै शिक्षा र सामाजिक रूपान्तरणको क्षेत्रमा देखिएको सक्रियताले युवाहरूमा नयाँ उत्साह थपिएको बताइन्छ।
स्थानीयवासीका अनुसार सांसद खनालले शिक्षा, अवसर र भविष्यलाई जोड्ने अभियानमार्फत राजनीतिलाई व्यवहारिक सामाजिक सेवासँग जोड्ने प्रयास गरेका छन्। यस पहलले विपन्न परिवारका विद्यार्थीहरूको भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया