Techie IT
KTM Post
आईतबार, १४ असार, २०८३

ट्राफिक प्रहरीको अनलाइन भुक्तानी प्रणाली अवरुद्ध हुने


काठमाडौं । ट्राफिक प्रहरीको अनलाइन ट्राफिक नियम उल्लङ्घन जरिवाना भुक्तानी प्रणाली अवरुद्ध हुने भएको छ ।

शुक्रबार साढे ३ बजेदेखि न्यूनतम चार घण्टादेखि १४ घण्टासम्म अवरुद्ध हुनसक्ने उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

महालेखा नियन्त्रक कार्यालयले सञ्चालन गरेको रेभेन्यु मेनेजमेन्ट इन्फर्मेशन सिस्टममा प्राविधिक सम्भार भइरहेको हुनाले ट्राफिक नियम उल्लङ्घन जरिवाना भुक्तानी प्रणालीमा समस्या आएको ट्राफिक प्रहरीले जनाएको छ । सो अवधिभर अनलाइन माध्यमबाट जरिवाना तिर्न नसकिने बताइएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट