Techie IT
KTM Post
सोमबार, १५ असार, २०८३

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नति गर्न १ अर्ब ५३ करोड विनियोजन


काठमाडौं । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नति गर्न १ अर्ब ५३ करोड रूपैयाँ विनियोजन गरेको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बजेट भाषण गर्दै निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको मोडालिटी ६ महिनाभित्र समेत तय गरिने बताए ।

गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निजी साझेदारीमा सञ्चालन व्यवस्थापन गरिने भएको छ । यसैगरी भरतपुरमा पनि रात्रीकालीन उडान हुने भएको छ । उनले संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट