Techie IT
KTM Post
सोमबार, १५ असार, २०८३

रासायनिक मललाई ३२ अर्ब ४६ करोड विनियोजन


काठमाडौं । आगामी आर्थिक बर्ष ०८३/८४ मा रासायनिक मल खरिद गर्न ३२ अर्ब ४६ करोड रुपैयाँ बिनियोजन भएको छ। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सार्वजनिक गरेको बजेटमा रासायनिक मल आपूर्तीको क्यालेण्डर तयार गरेर मुख्य बालीको समयमा अभाव नहुने गरी मल वितरण गर्ने कार्ययोजना पनि बनाइने उल्लेख छ।

कृषि मन्त्रालयले प्रस्ताव गरेभन्दा बजेटमा धेरै रकम राखिएको छ। कृषि मन्त्रालयले रासायनिक मलका लागि २८ अर्ब रुपैयाँ बजेट प्रस्ताव गरेको थियो।

त्यस्तै, राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाका लागि २ अर्ब ७३ करोड विनियोजन गरिएको छ। सिराहा र सप्तरीमा आँप प्रशोधन केन्द्र र सर्लाहीमा गोलभेंडा प्रशोधन केन्द्र निर्माण गरिने भएको छ।

प्राङ्गारिक मल उत्पादनका लागि ३६ करोड बिनियोजन गरिएको छ। ग्रीन युरिया उत्पादनका लागि विद्युत प्राधिकरण र निजी क्षेत्रको सहयोगमा कारखाना स्थापनाको कार्ययोजना पनि बनाइएको छ। ग्रीन युरिया कारखाना खोल्न चाहने निजी क्षेत्रलाई बिजुलीको महशुलमा छुट दिइने पनि उल्लेख छ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट