समस्याग्रस्त २३ सहकारीका सञ्चालकमाथि कडा निगरानी, लुकाइएको सम्पत्तिबारे सूचना दिन मन्त्री रावलको आह्वान
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले समस्याग्रस्त घोषित २३ वटा सहकारी संस्थाका सञ्चालक तथा जिम्मेवार पदाधिकारीमाथि निगरानी बढाइएको बताएकी छन्।
मन्त्री रावलले सहकारी पीडितहरूको बचत फिर्ता गराउने प्रक्रिया प्रभावकारी बनाउन सम्बन्धित व्यक्तिहरूको सम्पत्ति खोजबिन तथा निगरानीलाई तीव्र बनाइएको जानकारी दिइन्। उनले सञ्चालक वा पदाधिकारीहरूले नामसारी, लुकाएर राखेका वा अन्य व्यक्तिको नाममा राखिएका सम्पत्तिबारे विश्वसनीय सूचना भए सम्बन्धित निकायलाई उपलब्ध गराउन सर्वसाधारणसँग आग्रह गरेकी छन्।
उनका अनुसार प्राप्त सूचनाका आधारमा अनुसन्धानलाई थप प्रभावकारी बनाइने तथा गैरकानुनी रूपमा आर्जित वा लुकाइएको सम्पत्ति पहिचान गरी कानुनी दायरामा ल्याउने कामलाई प्राथमिकता दिइनेछ।
सहकारी क्षेत्रमा देखिएको संकट समाधान, बचतकर्ताको रकम सुरक्षित फिर्ता र दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन सरकार प्रतिबद्ध रहेको मन्त्री रावलले बताएकी छन्।
क्याटेगोरी : समाचार













प्रतिक्रिया