Techie IT
KTM Post
सोमबार, १५ असार, २०८३

प्रधानमन्त्री मोदीले नेपालीमै रवि लामिछानेलाई दिए धन्यवाद


काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेलाई सामाजिक सञ्जाल एक्स पूर्व ट्विटर मार्फत नेपाली भाषामै धन्यवाद व्यक्त गरेका छन्।

मोदीले लामिछानेसँगको भेटप्रति खुशी व्यक्त गर्दै नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ बनाउन मिलेर काम गर्ने प्रतिबद्धता जनाएका छन्। उनले नेपाललाई भारतको ‘नेबरहुड फर्स्ट’ नीतिको महत्वपूर्ण साझेदार उल्लेख गर्दै दुई देशबीचको विशेष र बहुआयामिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सहकार्यको अपेक्षा व्यक्त गरेका छन्।

नेपाली भाषामै गरिएको मोदीको सन्देशलाई कूटनीतिक तथा राजनीतिक वृत्तमा विशेष महत्वका साथ हेरिएको छ। लामिछानेसँगको भेटपछि सार्वजनिक गरिएको उक्त सन्देशले नेपाल–भारत सम्बन्धमा सकारात्मक सन्देश प्रवाह गरेको विश्लेषण गरिएको छ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट