बौद्धमा वृद्धलाई कैँची प्रहार गर्ने व्यक्ति पक्राउ
काठमाडौं । काठमाडौंको बौद्धमा एक वृद्धमाथि कैँची प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले बुढानीलकण्ठ नगरपालिका–१ नारायणथान घर भएका ३४ वर्षीय टाइसन लामा भन्ने टाइजन याजाकीलाई पक्राउ गरेको हो ।
जेठ २४ गते दिउँसो १२स्३५ बजेको समयमा काठमाडौं महानगरपालिका–६ बौद्धको फूलबारी हिमालयन जाभा पछाडि सडकमा उनले बौद्धको सानो टुसाल घर भएका ७९ वर्षीय वृद्धलाई कैँची प्रहार गरेर घाइते पारेको प्रहरीले जनाएको छ ।
ती वृद्धलाई तत्काल उद्धार गरेर स्तुपा सामुदायक अस्पताल चुच्चेपाटी लगेको र त्यहाँबाट सामान्य उपचारपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका याजाकीमाथि ज्यान मार्ने उद्योग कसुरमा अनुसन्धान भइरहेको काठमाडौं प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया