Techie IT
KTM Post
बुधबार, १७ असार, २०८३

हेटौँडामा विवाद भएपछि रास्वपा बागमतीको निर्वाचन अब काठमाडौँमा हुने


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि हुने निर्वाचन अब काठमाडौंमा हुने भएको छ।

हेटौंडामा उत्पन्न विवादका कारण स्थगित गरिएको निर्वाचन जेठ ३० गते काठमाडौंको धुम्बाराहीस्थित स्मार्ट दरबार, शंखपार्कमा सञ्चालन गरिने रास्वपाको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ। आयोगले बिहीबार अत्यन्त जरुरी सूचना जारी गर्दै निर्वाचनको नयाँ मिति र स्थान सार्वजनिक गरेको हो।

आयोगका प्रमुख भुवन केसीका अनुसार मतदान बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म सञ्चालन हुनेछ। यसपटक निर्वाचन पूर्ण रूपमा विद्युतीय मतदान मेसिन (ईभीएम) मार्फत गराइने व्यवस्था गरिएको छ।

निर्वाचन आयोगले मतदाता नामावली प्रमाणीकरण, समायोजन सूची व्यवस्थापन तथा आवश्यक प्राविधिक परीक्षणलगायत सबै तयारी पूरा भइसकेको जनाएको छ। आवश्यक प्राविधिक तथा प्रशासनिक प्रक्रिया सम्पन्न भएकाले निर्वाचन निर्धारित मितिमै सम्पन्न हुने आयोगको भनाइ छ।

यसअघि हेटौंडामा निर्वाचन प्रक्रियालाई लिएर विवाद उत्पन्न भएपछि मतदान कार्यक्रम स्थगित गरिएको थियो।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट