Techie IT
KTM Post
शुक्रबार, २९ जेठ, २०८३

काठमाडौं प्रशासनले भन्यो- बिना अनुमति भिड हुनेगरी विश्वकप नहेर्नू


काठमाडौं । काठमाडौं प्रशासनले अनुमति नलिई भिड जम्मा गरेर ठूलो पर्दामा विश्वकप नहेर्न अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबार एक जरुरी सूचना जारी गर्दै ठूलो पर्दामा खेल देखाउने बहानामा शान्ति सुरक्षा खलबलिनसक्ने भन्दै यस्तो अनुरोध गरेको हो ।

‘फिफा विश्वकप फुटबलका खेलहरू काठमाडौं जिल्लाभित्र सामूहिक रूपमा प्रत्यक्ष प्रशारण गर्न चाहने कुनै पनि संघसंस्था वा कम्पनीले यस कार्यालयबाट पूर्व स्वीकृति नलिई रातको समयमा ठूलो पर्दामा खेल देखाउने बहानामा भिड जम्मा गरी समुदायमा असर पर्ने एवं शान्ति सुरक्षा खलबल्याउने गतिविधि नगर्न/नगराउन सम्बद्ध सबैलाई जानकारीका लागि अनुरोध छ,’ प्रशासनको सूचनामा भनिएको छ ।

यस्तै खेलको प्रत्यक्ष प्रशारण गर्ने स्वीकृतिका लागि निर्धारित निवेदनको ढाँचा कार्यालयको वेबसाइटमा पाइने पनि प्रशासनले भनेको छ ।

‘उक्त निवेदनमा उल्लेखित सर्तहरूको अधिनमा रही यस्तो संघसंस्था वा कम्पनी रहेको स्थान तथा सुरक्षा संवेदनशीलतालाई विश्लेषण गरी अनुमति लिइनेछ,’ सूचनामा भनिएको छ । यो सूचनाको अवज्ञा गरे प्रचलित कानुनबमोजिम कारबाही हुने भनेर प्रशासनले सचेत गराएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट