Techie IT
KTM Post
बुधबार, १७ असार, २०८३

बुद्ध एयरले ल्यायो गज्जबको क्यास डिस्काउन्ट अफर, यी गन्तव्यमा आकर्षक छुट


काठमाडौं । बुद्ध एयरले यात्रुका लागि आजबाट गज्जबको क्यास डिस्काउन्ट अफर ल्याएको छ।

बुद्ध एयरले काठमाडौंबाट ४ गन्तव्यमा हुने उडानका लागि यात्रुलाई विशेष नगद छुट दिने अफर ल्याएको हो। कम्पनीका अनुसार काठमाडौंबाट धनगढीका लागि टिकटमा १ हजार २०० रुपैयाँ, सुर्खेत र नेपालगन्जका लागि १ हजार रुपैयाँ र भद्रपुरका लागि ८०० रुपैयाँ छुदिइनेछ।

यो छुट सुविधा लिन यात्रुले कम्पनीको रोयल क्लब सदस्य बन्नुपर्नेछ। त्यसपछि टिकट काट्नुअघि आफ्नो रोयल क्लब आईडी प्रयोग गर्नुपर्नेछ।

रोयल क्लब आईडी प्रयोग गरेर टिकट काटेपछि यात्रुले ती गन्तव्यका नगद छुट सुविधा पाउनेछन्।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट