Techie IT
KTM Post
बुधबार, १७ असार, २०८३

एक महिनामै लसुनको मूल्यमा उच्च वृद्धि, नेपाली लसुन ६२ प्रतिशत महँगियो


काठमाडौं । पछिल्लो एक महिनाको अवधिमा बजारमा सुकेको लसुनको मूल्य उल्लेख्य रूपमा बढेको छ। विशेषगरी नेपाली लसुनको भाउमा ठूलो वृद्धि देखिएको छ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकअनुसार जेठ महिनायता नेपाली तथा चिनियाँ दुवै प्रकारका लसुनको मूल्य बढेको हो।

१ जेठमा प्रतिकिलो औसत १०५ रुपैयाँमा कारोबार भएको नेपाली सुकेको लसुनको मूल्य १ असारमा पुग्दा १७० रुपैयाँ पुगेको छ। यस अवधिमा नेपाली लसुनको मूल्य ६१.९० प्रतिशतले वृद्धि भएको हो।

त्यस्तै, चिनियाँ सुकेको लसुनको मूल्य पनि बढेको छ। १ जेठमा प्रतिकिलो १८७ रुपैयाँ ५० पैसा रहेको चिनियाँ लसुन १ असारसम्म आइपुग्दा २१० रुपैयाँमा कारोबार भएको समितिले जनाएको छ। यो अघिल्लो महिनाको तुलनामा करिब १२ प्रतिशत बढी हो।

बजारमा माग बढ्नु तथा आपूर्तिमा आएको कमीका कारण लसुनको मूल्यमा वृद्धि भएको अनुमान गरिएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट