Techie IT
KTM Post
बुधबार, १७ असार, २०८३

वीर अस्पतालमा २४ घण्टा ड्युटीलगत्तै रेजिडेन्ट डाक्टरले छुट्टी पाउने


काठमाडौं । वीर अस्पतालले २४ घण्टा लगातार ड्युटी गरेका आवासीय चिकित्सक (रेजिडेन्ट डाक्टर)हरूलाई बिहानको वार्ड राउन्ड सकिएपछि अनिवार्य रूपमा छुट्टी दिन परिपत्र गरेको छ।

वीर अस्पतालले आज परिपत्र जारी गर्दै रेजिडेन्ट (डाक्टर)हरूलाई बिहानको वार्ड राउन्ड सकिएपछि अनिवार्य रूपमा छुट्टी दिन परिपत्र गरेको हो ।

प्रशिक्षार्थी चिकित्सक (इन्टर्न तथा आवासीय चिकित्सक) को ड्युटी समय नेपालको श्रम ऐन, २०७४ बमोजिम दैनिक अधिकतम १२ घण्टा र हप्तामा ७२ घण्टाभन्दा बढी हुन नहुने तथा हप्तामा एक दिन अनिवार्य बिदाको व्यवस्था हुनुपर्ने माग गर्दै आन्दोलनमा छन् ।

हप्तामा ४८ घण्टाभन्दा बढी काम गराइएमा श्रम ऐनअनुसार अतिरिक्त समय (ओभर टाइम) भत्ता उपलब्ध गराइनुपर्ने उनीहरूको माग छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट