Techie IT
KTM Post
सोमबार, २८ वैशाख, २०८३

विदेशी नागरिकता लिने १७ डाक्टरको नाम दर्ता किताबबाट हटाइयो


काठमाडौं । नेपाल मेडिकल काउन्सिलले विदेशी नागरिकता लिने १७ नेपाली चिकित्सकको नाम दर्ता किताबबाट हटाएको छ । नेपाल मेडिकल काउन्सिल ऐन, नियमावली र नेपाल नागरिकता ऐनका आधारमा नेपाल मेडिकल काउन्सिलले निर्णय गरी नाम दर्ता सूचीबाट हटाइएको काउन्सिले जानकारी दिएको छ ।

उनीहरूले नेपाली नागरिकता परित्याग गरी विदेशी राहदानी लिएका कारण दर्ता किताबबाट नाम दर्ता खारेजी गरिएको काउन्सिलले उल्लेख गरेको छ ।

यसरी नाम हटाइनेमा बेलायत, अमेरिका, क्यानडा, हङकङ, अस्ट्रेलिया, पोर्चुगल र भारतको राहदानी लिएका चिकित्सकहरु रहेका छन् ।

 

 


क्याटेगोरी : स्वास्थ्य/जीवन शैली

प्रतिक्रिया


ताजा अपडेट