रास्वपाको बन्दसत्र सुरू
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको बन्दसत्र सुरू भएको छ । बन्दसत्र केहीबेरअघि सुरू भएको हो ।
सभापति लामिछानेले घण्टी बजाएर बन्दसत्रको सुरूआत गरेका हुन् । बन्दसत्रमा पार्टीका वरिष्ठ नेता एवम् प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह उपस्थित भएका छैनन् । अन्य पदाधिकारी र धेरैजसो प्रतिनिधि हलमा आइसकेका छन् ।
बन्दसत्रलाई सम्बोधन गर्दै सभापति लामिछानेले आफूहरूलाई नागरिकले विश्वास गरेको बताउँदै परिणाम दिनुपर्नेमा जोड दिए ।
रास्वपाको नयाँ नेतृत्व छान्नका लागि भोलि चुनाव हुँदैछ । केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार आजको बन्दसत्रपछि चुनावको प्रक्रिया अघि बढ्ने छ ।
मतदानमा ८० वटा विद्युतीय उपकरणको प्रयोग हुने रास्वपाले जनाएको छ । महाधिवेशनमा प्रत्यक्ष सहभागी नभएका प्रवासका प्रतिनिधिका लागि रास्वपाको आफ्नै ‘एप’ बाट मतदान गर्ने व्यवस्था छ ।
१ सभापति र ९९ जना केन्द्रीय सदस्य छान्न मतदान हुने प्रमुख केसीले जानकारी दिए । कुनै उम्मेदवारका प्रस्तावक र समर्थक उम्मेदवार हुन पाउने छैनन् ।
क्याटेगोरी : राजनीति, समाचार













प्रतिक्रिया