पर्सामा गुठीको अतिक्रमित गरी बनाइएका संरचनामा चल्यो डोजर
काठमाडौं । पर्साको सखुवा प्रसौनी गाउँपालिका-५ स्थित गण्डक नहरको छेउमा रहेको गुठीको अतिक्रमित ५ बिघा जग्गा खाली गराइएको छ ।
मधेशका गृह संचार तथा कानुनमन्त्री फकिरा महतोको पहलमा बिहानैदेखि ७ वटा डोजर लगाएर अतिक्रमित जग्गा खाली गराउने काम भइरहेको हो ।
बिहानैदेखि उक्त जग्गामा रहेको ३८० वटा घरटहरा खाली गराइएको हो । दुईवर्षदेखि खाली गराउने प्रयास गाउँपालिकाले गरिरहेको थियो । तर, त्यसमा मधेशका गृहमन्त्री केही दिनअघि चाँसो लिएर त्यहाँ पुग्दा खाली गर्ने योजना बनाएर अघि बढेको छ ।
यस्तै सोही गाउँपालिकाको मधुवनमा रहेको गुठीको २९ विघा अतिक्रमित जग्गा पनि खाली गराउने काम भइरहेको जनाइएको छ । खाली गराउन ३ सयको संख्यामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
क्याटेगोरी : समाचार












प्रतिक्रिया