Techie IT
KTM Post
बिहीबार, ११ असार, २०८३

ज्ञानेन्द्र मल्लको प्रस्तावमा खेलकुद मन्त्री पोखरेल बने रास्वपा केन्द्रीय सदस्य उम्मेदवार


चितवन । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका छन्।

चितवनमा जारी पार्टीको महाधिवेशनअन्तर्गत पोखरेलले खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका हुन्।उनको उम्मेदवारीमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल प्रस्तावक रहेका छन् भने २१ जना पार्टी प्रतिनिधिले समर्थन गरेका छन्।

उम्मेदवारी दर्तापछि मन्त्री पोखरेलले पार्टीको सिद्धान्त, मूल्य र अभियानलाई थप प्रभावकारी बनाउन भूमिका खेल्ने बताएका छन्।

‘रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको छु। पार्टीको सिद्धान्त, मूल्य र अभियानलाई थप सशक्त बनाउन इमानदारीपूर्वक योगदान गर्ने प्रतिबद्धतासहित यहाँहरूको विश्वास र समर्थनको अपेक्षा गर्दछु,’ उनले भने।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारमा शिक्षा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका पोखरेल रास्वपाबाट काठमाडौं क्षेत्र नम्बर ५ का निर्वाचित सांसद हुन्।

यसअघि उनले काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख तथा हालका प्रधानमन्त्री बालेन्द्र शाहका सल्लाहकारका रूपमा महानगरको शिक्षा विभागमा काम गरेका थिए।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट