Techie IT
KTM Post
बिहीबार, ११ असार, २०८३

भोलि बोलाइएको प्रतिनिधिसभा बैठक सूचना टाँस गरेर स्थगित


काठमाडौं। संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको भोलि (बिहीबार) का लागि तय गरिएको बैठक स्थगित गरिएको छ। संसद् सचिवालयले सूचना जारी गर्दै विशेष कारणवश बैठक निर्धारित समयमा बस्न नसक्ने जनाएको हो।

यसअघि बिहीबार बिहान ११ बजेका लागि बैठक आह्वान गरिएको थियो। तर, आकस्मिक कारण देखाउँदै सचिवालयले बैठक स्थगित गर्ने निर्णय गरेको जनाएको छ।

संसद्का महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार अब प्रतिनिधिसभाको बैठक शुक्रबार दिउँसो १ बजे बस्ने गरी समय तय गरिएको छ।

बैठक स्थगित हुनुको कारण भने सचिवालयले खुलाएको छैन।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट