५२ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?
काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य ५२ सय रुपैयाँले घटेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला २ लाख ७८ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ५ हजार २ सय रुपैयाँलेघटेर प्रतितोला २ लाख ७८ हजार ३ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
आज चाँदीको मुल्य पनि घटेको छ । आज चाँदी प्रतितोला २ सय ५० रुपैयाँले घटेको हो । यससँगै आज चाँदी प्रतितोला ४ हजार २ सय ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। हिजो चाँदी प्रतितोला ४ हजार ४ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।
क्याटेगोरी : अर्थ













प्रतिक्रिया