Techie IT
KTM Post
बिहीबार, ११ असार, २०८३

बस्दै नबसी स्थगित भयो राष्ट्रिय सभा बैठक


काठमाडौं । राष्ट्रिय सभा बैठक बस्दै नबसी स्थगित भएको छ । आज दिउँसो १ बजेर १५ मिनेटका लागि बस्ने गरी तय भएको बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।

विशेष कारणवश् बैठक बस्न नसक्ने भएको भन्दै राष्ट्रिय सभाका अध्यक्षले शुक्रबार दिउँसो १ बजेर १५ मिनेटमा बस्ने गरी निर्धारण गरेको छ ।

यसअघि राष्ट्रिय सभाको बैठक यही असार ५ गते बसेको थियो । ६ दिन पछि बस्ने गरी आजका लागि तय भएको बैठक बस्दै नबसी सूचना टाँसेर स्थगित गरिएको हो ।

यसअघि बिहीबारका लागि तय भएको प्रतिनिधिसभाको बैठक पनि स्थगित भएको थियो ।

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट